समाचार
नेपालगञ्जलाई वालमैत्री वडा घोषणाको तयारी !!
नेपालगञ्ज, चैत १८ गते । नेपालगञ्ज उप–महानगरपालिकाका सबै २३ वटै वडालाई वालविवाह मुक्त वडा घोषणाका लागि तयारी सुरु गरिएको छ । नगर उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बुधबार बसेको वाल अधिकार समितिको बैठकले २३ वटै वडालाई वाल विवाह मुक्त वडा तथा वालमैत्री वडा घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकामा वालमैत्री स्थानीय शासन समितिको गठन गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा अध्यक्ष र उपप्रमुख उमा थापा मगर उपाध्यक्ष रहनुभएको समिति कार्यविधि अनुसार विभिन्न क्षेत्रको प्रतिनिधित्वसहित २१ सदस्यीय रहेको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले जानकारी दिनुभयो ।