FAQs Complain Problems

समाचार

नेपालगञ्ज अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त भएको घोषणा !!

नेपालगञ्ज, कात्तिक २८ गते । बाँकेको नेपालगञ्ज उप–महानगरपालिकालाई बिहिवारदेखि अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र नेपालगञ्ज उप–महानगरपालिका कार्यवाहक प्रमुख उमा थापा मगरले बिहिवार आयोजित औपचारिक कार्यक्रममा नेपालगञ्जलाई देशकै पहिलो उपमहानगरपालिकाको रुपमा अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त भएको घोषणा गर्नुभयो ।

घोषणासभामा सामाजिक विकास मन्त्री बरालले कुनैपनि नागरिक अभिभावकविहिन भएर सडकमा बाँच्नुपर्ने अवस्था अन्त्यका लागि सरकार लागिपरेको भन्दै अभिभावकविहिनको अभिभावक सरकार भएको बताउनुभयो ।

कार्यबाहक प्रमुख समेत रहनुभएका नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले २०७३ सालदेखि सहयोगापेक्षी, सडक मानवमुक्त उप–महानगरपालिका बनाउने उद्धेश्य अनुसार लागिपरेको बताउनुभयो । यसखालका ब्यक्तिको उद्धार, औषधोपचार, पालनपोषण, खाना,नाना, छानासँगै बालबालिकाको अध्ययन अध्यापन जस्ता क्रियाकलाप गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख महिला विकास अधिकृत शोभा शाह, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, निल सागर सेवाश्रमका सरिता खनाल लगायतले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा सहयोगी संस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । घोषणा कार्यक्रमअघि नेपालगञ्जमा ¥याली प्रदर्शन भएको थियो ।

Show in Slider: