FAQs Complain Problems

समाचार

नेपालगञ्ज उपमहानगरपालिकालाई विपत व्यवस्थापनजन्य सामग्री हस्तान्तरण !!

शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर प्राजेक्ट० ले नेपालगञ्ज उपमहानगरपालिकालाई विपत व्यवस्थापनजन्य सामग्री हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा विपत व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपत व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो ।

विहिबार एक कार्यक्रमका बीच युनिसेफ नेपालकी आपतकालीन विशेषज्ञ सुनिता कायस्थले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विपत व्यवस्थापनजन्य सामग्री हस्तान्तरण गरेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । २६ लाख ४८ हजार मूल्य बराबरका ड्रोन, खोज तथा उद्धार सामग्री, सूचना प्रविधि र कार्यालय व्यवस्थापन सम्बन्धि सामग्री, अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, विपत समिति संयोजक समिरप्रताप सिंह लगायत उपस्थित हुनुहुन्थ्यो ।

सामग्री हस्तान्तरण अघि युनिसेफका प्रतिनिधिहरुसंगको छलफलमा नगर प्रमुख विष्टले सुपरसंगको सहकार्यले विपत व्यवस्थापनका क्षेत्रमा अझ गहिरो ढंगले काम गर्न सहयोग पुगेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकले विपतलाई प्राथमिकतामा राखेको बताउनुभयो । विष्टले सुपरसंगको सहकार्यपछि विपत जोखिम न्यूनीकरणका क्षेत्रमा एक कदम अघि बढेको महसूस आफूले गरेको उल्लेख गर्नुभयो । युनिसेफकी आपतकालीन विशेषज्ञ कायस्थले नेपालगञ्ज उपमहानगरपालिकासंग सहकार्य गरेर विपत व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्न पाउँदा गर्व महसूस भएको बताउनुभयो । उहाँले विपत व्यवस्थापनका लागि सुपरसंगको सहकार्यमा नेपालगञ्जले गरिरहेका गतिविधि र सचेतनाबारे नागरिकमा राम्रो बुझाई रहेको आफूले पाएको समेत उल्लेख गर्नुभयो । कायस्थले प्रतिकार्यमा मात्रै बजेट केन्द्रित गर्ने परम्परागत अभ्यासलाई सच्याउँदै न्यूनीकरणका लागि गरिने पूर्व तयारीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ । नेपालगञ्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको छ ।

Show in Slider: