FAQs Complain Problems

नेपालगञ्ज उप–महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न !!

नेपालगञ्ज, असार ९ । नेपालगञ्ज उप–महानगरपालिकाले भौतिक पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । विहिवार नेपालगञ्ज उप–महानगरपालिकाको ११ औं नगरसभामा  बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रशान्त विष्टले  अल्पकालिन, मध्यकालिन र दीर्घकालिन सोचका साथ नगरको स्तरोन्नती हुने तथ्यलाई आत्मसाथ गर्दै बार्षिक नीति बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो । आफुहरु निर्वाचित भएपछिको पहिलो नगरसभा भएका कारण निर्वाचनमा गरिएका बाचा बार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको बताउनुभयो ।

नेपालगञ्जको बजेट एक अर्ब ६३ करोड

नेपालगञ्ज, असार ९ । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि एक अर्व  ६३ करोड ६५ लाख  ७२ हजार ४०० रुपियाको अनुमानित बजेट ल्याएको छ ।  बिहिवार ११ औं नगरसभामा नगर उपप्रमुख कमरुद्धिन राईले प्रस्तुत गर्नुभएको चालु आव २०७८÷७९ भन्दा करिब ९ करोडले बढि छ । चालु आवमा एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको  अनुमानित बजेट प्रस्तुत गरिएको थियो । बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले नगरका २३ वडाका लागि २५ करोड रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्तहुने अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको नगर उपप्रमुख राईले बताउनुभयो ।

यसवर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपियाँ हुने अनुमान गरिएको छ ।

 

Show in Slider: