FAQs Complain Problems

नेपालगञ्ज उप–महानगरपालिकामा शोकसभा !!

नेपालगञ्ज, पुस १९ गते ।  नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा आईतबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । मोटरसाईकल दुर्घटनामा परी उपचारकोक्रममा निधन हुनुभएका सरसफाई अधिकृत अशोक केसीको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै श्रद्धाञ्जलीसभा गरिएको हो ।

श्रद्धाञ्जलीसभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले केसीको निधनबाट उप–महानगरपालिकाले ईमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउनुभयो । नगरको सरसफाईका लागि स्व. केसी रातदिन नभी खटिने गरेको स्मरण गर्दै नगर प्रमुख राणाले उहाँको निधनबाट सिंगो उपमहानगरपालिका दुःखित भएको बताउनुभयो । श्रद्धाञ्जलीसभामा नगर प्रमुख राणा सहित अधिकाँशका आँखामा आँशु देखिथ्यो ।  श्रद्धाञ्जली सभामा नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायत जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती थियो ।

यसैबीच केसीको निधनमा शोक मनाउदै नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार सार्वजनिक विदा दिएको छ ।  उपमहानगरपालिका र २३ वटै वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: