समाचार
नेपालगन्ज उप-महानगरपालिकामा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
नेपालगन्ज उप महानगरपालिका वडा नं २० मा भूकम्प प्रतिरोधि भबन निर्माण सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज मिति २०७५ फाल्गुन २२ गते बुधबारका दिन वडा भबनको हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष सहित करिव ३८ जनाको सक्रिय सहभागिता भएको थियो । नेपालगन्ज उप महानगरपालिका र भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (एनसेट) को सयुक्त आयोजनामा उक्त कार्यक्रम संचालन भएको थियो । यस कार्यक्रममा भूकम्प आउने कारण, यसका असरहरु तथा भूकम्पीय जोखिम न्युनिकरणका उपायहरु, पिलरवाला भबन बनाउँदा ध्यानदिनुपर्ने मुख्य १० बुदाँहरु , गारोवाला भबन बनाउँदा ध्यानदिनुपर्ने मुख्य ९ बुदाँहरु, निर्माण सामाग्री गुणस्तर तथा निर्माण गुणस्तर, र समग्र सुरक्षित भबन निर्माण सम्बन्धि जानकारी दिइएको थियो । कार्यक्रममा एनसेट को तर्फबाट बालकृष्ण लम्साल,चुडामणि मगर,प्रदिप प्रसाद वैदिक र गेहेन्द्र वलि लगायतले सहजिकरण गर्नु भएको थियो ।