FAQs Complain Problems

पार्किङ शुल्क नलिने उपमहानगरपालिकाको निर्णय विषयगत समिति गठन, प्रवक्तामा रिजाल चयन !!

नेपालगञ्ज भदौ ११ गते – सडकमा पार्किङ गरेवापत नेपालगञ्ज उपमहानगरपालिकाले अब कुनै पनि शुल्क नलिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत गरेको छ । उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ्गस्थल तोकेर शुल्क लिने तयारी थालेको थियो तर नगरवासीबाट त्यसको सकरात्मक प्रतिक्रिया नआएपछि उपमहानगरपालिकाले शुल्क नउठाउने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा आज सोमबार बसेको नगर कार्यपालिकाको बैठकले ६ वटा विषयगत समिति पुनर्गठन, प्रवक्ता चयन, नागरिकता सिफारिस नीशुल्क गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । वैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ताका रुपमा चयन गरेको छ । उप–महानगरपालिकाका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्नका लागि रिजाललाई प्रवक्ता चयन गरिएको हो । उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ को व्यवस्था अनुसार विषयगत समिति गठन गरिएको छ । समितिमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, आर्थिक विकास समिती, सामाजिक विकास समिति, वातावरण तथा विपद समिति र विधयेक समिति रहेका छन् । समितिमा जिम्मेवारी बाँडफाड र संख्या भने अझैं पूर्ण गरिएको छैन ।

सबै खाले यातायातका साधान मार्किङसहितको पार्किङस्थलमै व्यवस्थापन गर्ने गरि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको नगर प्रमुख राणाले जनाकारी दिनु भयो । सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि ब्यवस्था गरिएको छ । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङ्ग क्षेत्र छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै वैठकले नागरिकता सीफारिस, स्वास्थ्य उपचार सिफारिस निशुल्क गर्ने निर्णय गरेको छ । यस अघि नागरिकता सिफारिसका लागि एक सय रुपैया लिने गरिएको थियो । यस्तै
वैदेशिक बाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निशुल्क गरिएको छ ।

सूचना अधिकारी शरद पौडेलका अनुसार–राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमान स्थल बनाउन जग्गा खोजी गरि अधिग्रहण गर्न र नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकामा हस्तान्त्रण गर्न छानविन समिती गठन गरिएको छ ।
वडा न १० का अध्यक्ष विन्दु भुषण वस्नेतको संयोजकत्वमा सो समिती गठन गरिएको हो । समतिको सदस्य सचिवमा वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल, वडा १९ का वडा अध्यक्ष दिपक वर्मा, वडा न २०का वडा अध्यक्ष कृष्ण कार्की र सदस्य कौशल धोवी समितिको सदस्य रहनु भएको छ । यस्तै धम्वोझीमा आकाशे पूल (फलाई ओभर) को डिपीआर निर्माण गर्न सूचना आह्वान गर्ने पनि निर्णय गरिएको छ ।

Show in Slider: