समाचार
बजार अनूगमन गरि नेपालगञ्जमा दिवस मनाइयो !!
नेपालगन्ज, चैत २ । आज मिति २०७६ साल चैत २ गते १५ मार्चका दिन विश्व उपभोक्ता अधिकार दिवसका सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिको बैठक समितिका संयोजक तथा उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बसेर विभिन्न निर्णय गरेको छ । उत्पादनमा गुणस्तरीयता, आपुर्ती सहजता उपभोगमा विवेकसिलता भन्ने मुल नाराका साथ मनाइएको उपभोक्ता दिवसको अवसर पारेर भएको बैठकले चालु आर्थिकवर्षको असार मसान्तसम्मका लागि कार्ययोजना समेत पारित गरेको छ । कार्ययोजनामा उपभोक्ता जागरण, उपभोक्ता शिक्षा र नियमित बजार अनूगमन, अत्यावश्यक वस्तु तथा सेवाको माग र आपुर्तीको क्षेत्रगत अवस्थाको विष्लेषण लगायतका विषय समावेश गरिएको छ । बैठक लगत्तै आइतबार बजार अनूगमन गरिएको छ । कोरोना भाईरसको संक्रमण विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएपछि यसको संक्रमण भित्रिन नदिन भईरहेका प्रयास र गर्न सकिने कार्य तथा बजारमा पर्ने प्रभावमा केन्द्रीत भई जमूनाह नाका, भेरी अस्पताल, भाटभटेनी, नेपालगञ्ज विमानस्थल र नेपाल आयल निगमको इन्धन डिपोको अनूगमन गरिएको हो । अनूगमनका क्रममा जमुनाह नाकामा भएको हेल्थडेस्क थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि टोलीले सुझाव दिएको छ ।
यसैगरी टोलीले भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापासँग कोरोना भाईरसको पुर्व तयारीका लागि भईरहेका पहल बारे छलफल गरेको छ । अनूगमनमाभेरी अस्पतालले ६ वार्डको आईसुलेशन वार्ड तयार गरेको पाइएको छ । अस्पतालले आप्mनो तर्फबाट आवश्यक सम्पूर्ण तयारी गरेको पाइएको छ । प्रमुख थापाले मास्क र पिपिई न्यूनतम भएको भन्दै ब्यवस्थापनका लागि सहयोगको आग्रह गर्नुभयो । यसैगरी यहाँ संकलन भएको रगतको नमूना परिक्षणका लागि तत्काल काठमाडौं पठाउनका लागि भरपर्दो माध्यमको ब्यवस्था मिलाउन टोलीले सुझाव दिएको छ ।
यसैगरी टोलीले भाटभेटनीको स्थलगत अनूगमन गरि ब्यवस्थापक पुस्कर राई र विनोद भट्टराईसँग छलफल गरेको छ । नेपालगञ्ज शाखामा हाल पनि दुई महिना सम्मका लागि जिल्लाबासीका लागि प्रर्याप्त खाद्यान्न र किराना सामाग्री मौज्दात रहेको भाटभटेनीले जनाएको छ । अहिले कुनैपनि सामानको अभाव नरहेको र १० महिना सम्म पुग्ने सामाग्री भण्डारणको ब्यवस्था मिलाउन लागिएको भाटभटेनीले अनूगमन टोलीलाई जानकारी गराएको छ । । नेपालगञ्ज विमानस्थालमा टोलीले निमित्त निर्देशक यज्ञेन्द्रनाथ कुँवर र वरिष्ठ प्रशासन अधिकृत धिरेन्द्र रिजालसँग आवश्यक छलफल गरेको छ । कोरोनापछि विमानस्थलमा राखिएको हेल्थडेस्क प्रस्थान गर्ने यात्रुका लागि पनि संचालन गर्न टोलीले सुझाव दिएको छ । यसैगरी टोलीले नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जको स्थलगत अनूगमन गरेको छ । अनूगमनका क्रममा डिपो प्रमुख नवविनोद पोखरेलले यसक्षेत्रमा नियमित खाना पकाउने ग्यास र अन्य इन्धन ढुवानी भईरहेको भन्दै अभाव हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो । अनूगमन टोलीले यथाशिघ्र नेपालगञ्ज नाका र विमानस्थलमा क्वारेन्टाईन संचालनका लागि सुझाव दिएको छ ।
समितिले कोरोनाको नाममा बजारमा कृतिम अभाव र कालोबजारी नगरी, उपभोक्ता हितको संरक्षण गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ ।
अनूगमनमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य मञ्जु नेपाली, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत गणेश न्यौपाने, वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उजिरप्रसाद न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बशन्त गौतम, उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरी, नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, जनस्वास्थ्य अधिकृत रामवहादुर चन्द, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, शाखा अधिकृत विमल गुरुंग, अधिवक्ता विश्वजित तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक नेत्रा बोगटी, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रबक्ता टंकबहादुर धामी,नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरिक्षक सुर्यबहादुर बोगटी, कृषि शाखा प्रमुख रामकृष्ण चौधरी, नेपाल युवा परिषदका प्रदेश अध्यक्ष सोम गुरुंग, पत्रकार शम्भुप्रसाद थारु, जयपती ढकाल लगायतको उपस्थिती थियो ।