FAQs Complain Problems

समाचार

बसुदेवपुर खुला दिसामुक्त वडा घोषणा !

बसुदेवपुर खुला दिसामुक्त वडा घोषणा

नेपालगन्ज बैसाख २१ गते– नेपालगञ्ज उपमहानगरपालिका–१९ बसुदेवपुरलाई आज खुला दिसामुक्त वडा घोषणा गरिएको छ । २२ औं वडाका रुपमा बसुदेवपुरलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । २३ वटा वडा रहेको उपमहानगरपालिकामा अब वडा नम्वर २२ पुरैनीलाई मात्र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी छ ।
उक्त वडामा रहेका १ हजार ३ सय १७ घरधुरी सबैले शौचालय निर्माण गरिसकेपछि आज एक कार्यक्रमका बीच सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको हो । नगर प्रमुख डा. धवल शम्शेर राणाको उपस्थितिमा वडा अध्यक्ष पर्शराम कुर्मीले वडा न १९ लाई खुला दिसामुक्त भएको घोषणा गर्नुभएको हो । घोषणा कार्यक्रममलाई सम्बोधन गर्दै नगर प्रमुख डा. राणाले उपमहानगरलाई नै खुला दिशामुक्त घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले खुला दिशामुक्त घोषणासँगै पूर्ण सरसफाईतर्फ उन्मुख हुन आग्रह पनि गर्नुभयो ।

Show in Slider: