समाचार
बालश्रमबारे अनुगमन
बालश्रम न्यूनीकरणका लागि सञ्चार माध्यमद्धारा ब्यवहारमा परिवर्तन ९द्यऋऋ० कार्यक्रमको आज अनुगमन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले कार्यक्रमको प्रभावकारीताका बिषयमा फिल्ड अनुगमन गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ मा कार्यक्रम अन्तरगत घर परिवारबाट बिमुख बिशाल बिष्टसँग भेट गरेको थियो । टोलीले पारिवारिक अवस्था र अध्यनका बारे विशेष चाँसो राखेको थियो । परिवारबाट बिमुख बिशालकी आमा घर छोडेर अन्त्यै गएको, बाबाले छोरालाई सुर्खेतको एक होटलमा छोडेर गएपछि उनलाई नेपालगञ्ज १९ बस्दैआएका बिरबहादुर माझिले संरक्षकत्व दिनु भएको थियो । बिद्यालयबाट बन्चित रहेका बिशाललाई वडा नम्बर ९ र २ को सहयोगमा स्थानिय होप ईन्टरनेशनलमा कक्षा ६ मा निशुल्क पढ्ने गरी भर्ना गरिएको छ । शैक्षिक सामाग्री खरिदका लागि बासद्धारा सञ्चालीत स्व. रुक्मीणि स्मृती अक्षय कोषबाट रु. ५ हजार सहयोग गरिएको थियो । टोलीले ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम अन्तरगत वडाहरुमा गरिएको घरदैलो र सुचना सामाग्रीहरुको प्रयोगको बारेमा समेत जानकारी लिएको थियो । कार्यक्रम अन्तरगत अनाथ र असहाय बालबालिका माथि गरिएको सहयोग उपलब्धी मुलक भएको प्रतिक्रिया दिदै नेपालगन्ज उप महानगरपालिकाका उप प्रमुख उमा थापा मगरले कार्यक्रमको प्रभावकारिताका प्रति खुसी प्रकट गर्नु भयो ।
अनुगमन टोलीमा उप प्रमुख थापा मगर, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष एवं नगरपालिका संघ संस्था समन्वय समितिका सदस्य ओमकारनाथ मिश्रा, सामाजिक विकास शाखाका कृष्ण प्रसाद जोसी, उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई, बासका उपनिर्देशक हेमराज भट्ट, सामाजिक परिचालक शर्मिला थापा, रुपा चौधरी लगायतको उपस्थिती रहेको थियो । युनिसेफ नेपालको सहयोग, नेपालगञ्ज उपमहानगरपालिका र सिविसको सहकार्यमा बास नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिकाका ११ वडामा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।