FAQs Complain Problems

बिश्व बैंकको टोली नेपालगञ्जमा, पाईलट परियोजना सुरु !!

पाईलट परियोजना संचालनका लागि विश्व बैंकको विषेशज्ञ सहितको टोली नेपालगञ्ज पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिका बिश्व बैंकको कार्यक्रमका लागि छनौंटमा परेको हो । विश्व बैङकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उप–महानगरपालिकालाई छनौट गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो । पाईलट परियोजना अन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले नेपालगञ्ज उप–महानगरपालिकामा सोमबारदेखि अध्ययन सुरु गरेको छ ।

विश्व बैंकको टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशाकसीय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुले स्वागत गर्नुभयो । टोलीले सोमबार नै जनप्रतिनिधी र कर्मचारीयसँग अन्तरक्रिया गरि कार्यक्रमको बारेमा जानकारी गराएको छ । टोलीलाई वडा अध्यक्ष प्रमोद रिजा, विन्दुभुष्ण बस्नेत लगायतले सुझाव दिनुभयो । विश्व वैङ्कको विशेषज्ञ टोलीले नेपालगञ्जमा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व, यसभित्रका राम्रा पक्ष र कमजोर पक्षको मुल्याङ्कन समेत गर्ने भएको छ । पहिलो चरणमा टोलीले चारदिनसम्म नेपालगञ्जमा रहेर वित्तिय व्यवस्थापनका बारेमा जानकारी लिने । करिब दुई महिनाभित्र प्रारम्भिक मस्यौदा तयार गरि सार्वजनिक गरिने टोली प्रमुख वेसेटले जानकारी दिनुभयो । टोलीले मुल्याङ्कनकाक्रममा वजेटको समग्र पक्ष, सम्पत्ति र दायित्वको व्यवस्थापन, श्रोत परिचालन, लेखा परीक्षण लगायतका विषयमा अध्ययन गर्नेछ । मुल्याङ्कनका लागि ३१ वटा सूचक र ९४ वटा उपसूचक राखिएको बैङ्कको टोलीले जनाएको छ ।

विश्व बैङ्कले गर्ने मुल्याङ्कन आगामी दिनमा विश्व बैङ्कमात्रै नभएर अन्य दातृ निकायसँग सहकार्यका लागि उपयोगी हुने टोलीले जनाएको छ । आर्थिक अनुशासन, श्रोतको व्यवस्थापन सेवा प्रवाहमा अध्ययन केन्द्रीत हुनेछ । नेपालगञ्जका मेयर राणाले विश्व बैंकको पाईलट परियोजना नेपालगञ्जबाट सुरु हुनु नेपालगन्जबासीका लागि गर्वको विषय भएको बताउनुभयो ।

Show in Slider: