FAQs Complain Problems

समाचार

बिहिवारदेखि सुरु हुने आधारभुत तहको परीक्षाको सम्र्पर्ण तयारी !!

बाँके,फागुन २८ ।   नेपालगञ्ज उप–महानगरपालिकामा  बिहिवारदेखि सुरु हुने कक्षा ८ को आधारभुत तहको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७८० परीक्षार्थी सहभागी हुने नेपालगञ्ज उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिनुभयो । बिश्वभर कोरोना(कोभिड–१९ )को समस्या देखिएपछि नेपालगञ्जमा पुर्व निर्धारित तालिका भन्दा एकसाता छिटो गरि परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षालाई शान्तिपूर्ण र मर्यादित ढंगबाट सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा गरिएको उप–महानगरपालिकाले जनाएको छ । यसपटक नेपालगञ्जमा आधारभुत परीक्षा सञ्चालन हुने विद्यालयमा दुई मदरसा, २६ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेका छन् ।

Show in Slider: