FAQs Complain Problems

समाचार

ल्याण्ड फिल्ड साईड जग्गा विवाद साम्य !

ल्याण्ड फिल्ड साईड जग्गा विवाद साम्य 

नेपालगञ्ज माघ २९ – नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल्ड साइड) को जग्गा विवादको छिनोफानो गरिएको छ । नेपालगञ्ज– २३ हिरमीनीयास्थित ल्याण्डफिल्ड साइडको साढे १२ विघा क्षेत्रफल भित्र अरुकै नाममा जग्गा भेटीएपछि बढेको विवाद सदाका लागि किनारा लगाइएको हो । फोहर व्यवस्थापनको भरपर्दो संरचनाका रुपमा निर्माण कार्य बढीरहदा आफनो जग्गामा संरचना बनीरहेको भन्दै केही व्यक्तिले अदालतमा मुद्धा दायर गरेपछि सम्पूर्ण निर्माण कार्य ९ महिनादेखि अवरुद्ध रहदै आएको थियो । त्यहाँ क्षेत्रीय शहरी विकास आयोजनामार्फत काम भइरहेको थियो । नेपालगञ्ज–१७ (साविक)का सिद्धान्त जंग राणा(सिद्यु), वैजापुर– ६ की अनकलिया थारुले ०७४ वैशाख २७ गते उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाशमा दायर गरेको रिट उपर वैशाख २८ गते दुवैको नामको जग्गामा निर्माण कार्य नगर्नु, नगराउनु भनी अन्तरिम आदेश दिएको थियो । राणाको कित्ता न ५०१, ५०२ को ८ कठ्ठा, थारुको ५०१, २४९ र ४९९ कित्ता न को ९ कठठा ७ धुर जग्गा रहेको थियो । निर्माण कार्य रोकिएर फोहर विसर्जन गर्न समस्या उत्पनन भएपछि उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको अग्रसरतामा थालीएको निरन्तर छलफलपछि जग्गा अधिग्रहण गरिएको हो । प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको अध्यक्षतामा रहेको जग्गा अधिग्रहण समितिले प्रति कठ्ठा दुई लाख ३५ हजार पाँच सय ७४ का दरले जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । जग्गा धनीहरुले शुरुमा मुल्य बढाएर बार्गेनिङको प्रयास गरेको बताइन्छ । दुवैको १७ कठठा ७ धुर जग्गा खरिद गरि लालपुर्जा समेत लिइसकिएको प्रमुख प्रशासकिय अधिकृत प्याकुररेल जानकारी दिनु भयो । विवाद साम्य भएपछि अब निर्माण कार्यले गती लिने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

उपमहानगरपालिकाका प्रमुख डा राणाले विवाद समाधानमा सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद दिदै फोहर व्यवस्थापनका लागि ठुलो सफलता प्राप्त भएको उल्लेख गर्नु भयो । नगरपालिकालाई अहिले पनि विभिन्न नयाँ स्थान पत्ता लगाउँदै फोहर फाल्नुपर्ने बाध्यता छ । ल्याण्ड फिल्ड साइड निर्माणले गती लिएमा फोहर व्यवस्थापनको समस्या हल हुने विश्वास गरिएको छ । आयोजनाका इन्जीनियर शैलेन्द्र महर्जनका अनुसार ल्याण्ड फिल्ड साइडको काम च्ब्ःप्थ्(ल्ब्ल्ऋ व्ख सँग ३३ करोड ८८ लाख २७ हजार ३ सय २५ वरावरको सम्झौतामा सन २०१८ फेव्रअरी १२ मा सम्पन्न हुने गरी सम्झौता गरिएको छ ।