FAQs Complain Problems

समाचार

वडामा अब अनलाइन सेवा

नेपालगञ्ज, पुष १८ गते– नगर क्षेत्रमा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सहज र प्रभावकारी बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाका हरेक वडामा अब अनलाईन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण सेवालाई व्यवस्थित गरिन लागिएको हो । २३ वटै वडाका वडा सचिव र सहायकलाई लक्षित गरेर नेपालगञ्ज उपमहानगरपालिका उपमहानगर कार्यपालिकाको कार्यालयले ४ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेपछि अबको केही दिनमै सो सेवा शुरु गरिने भएको हो । 
प्लान इन्तरनेशलन नेपालको सहयोगमा उपमहानगरपालिकाद्धारा सञ्चालित कार्यक्रममा सामाजिक सुरक्षा सिद्धान्त, प्रयोग, घटना दर्ता प्रमाणीकरण, दर्ता नवीकरण, मृत्यू दर्ता, बसाई सराई, विवाह दर्ता लगायतमा सञ्चार प्रविधि(अनलाईन)को प्रयोग, उपादेयता र सहजता लगायतका विषयमा सहभागिलाई सिकाइएको थियो । उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाद्धारा उदघाटित कार्यक्रममा शाखा अधिकृत एवं कार्यक्रम संयोजक गणेश न्यौपाने, उपमहानगरपालिका सूचना प्रविधि अधिकृत घनश्याम बर्मा, खजुरा गाउँपालिकाका सूचनाप्रविधि अधिकृत सुरेश साहु, वैजनाथ गाउँपालिकाका वडा सचिव निम बहादुर थापा, कोहलपुर नगरपालिकाका कम्प्यूटर अपरेटर करुणा विष्ट, डुडुवा गाउँपालिकाका कम्प्यूटर अपरेटर शिव कुमार मौर्य लगायतले सहजीकरण गर्नु भएको थियो । 
समापन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जनशक्ति व्यवस्थापनसँगै सूचना प्रविधि लगायतमा दक्षता अभिवृद्धि गर्नुपर्ने आवश्यक्तामा जोड दिनु भयो । अनलाईन सेवाले वडाको काम, कारवाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो । यस्तै प्लान इन्टरनेशनल नेपालगञ्जका म्यानेजर स्नेहलता श्रेष्ठले कर्मचारीको क्षमता विकासमा सहकार्यका लागि प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Supporting Documents: