FAQs Complain Problems

समाचार

वडा न १० मा पत्रकारिता तथा उदघोषण तालिम !!

नेपालगञ्ज माघ २९ गते – नेपालगञ्ज उपमहानगरपालिका वडा न १० वडा समितिको कार्यालयले दुई दिने आधारभुत पत्रकारिता तथा उदघोषण तालिम सञ्चालन गरेको छ । वडाका बाल क्लवमा आवद्ध र विद्यालयमा अध्यनरत किशोर किशोरी तथा महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । ३५ जना सहभागी तालिममा सञ्चार, पत्रकारिताका विविध विधा, समाचार लेखन, उदघोषण कला आदि विषयमा प्रशिक्षक शुक्रऋषि चौलागाई र नवीन गीरिले सहजीकरण गर्नु हुने भएको छ ।

तालिमको उदघाटन गर्दै वडा अध्यक्ष विन्दुभुषण बस्नेतले पत्रकारिता र उदघोषण सिकाईले टोल टोलका सूचना, समाचार सार्वजनिक हुने मात्र नभई वडाको विकासमा समेत मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष वस्नेतले बाल क्लव र सञ्चारसँगको सहकार्यमा सचेतना र विकासका कार्यक्रम अगाडी बढाउने उदघोष गर्नु भयो । वडा सदस्य नर बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बसन्ता जोशी, पत्रकार गीरी, करुणा शाह, बागेश्वरी पोस्टका उप निर्देशक टेकेन्द्र मल्ल लगायत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Show in Slider: