FAQs Complain Problems

समाचार

वडा न ४ मा सरसफाई र डस्टवीन वितरण !

वडा न ४ मा सरसफाई र डस्टवीन वितरण

नेपालगञ्ज बैसाख २० – नेपालगञ्ज उपमहानगरपालिका वडा न ४ मा सरसफाई गरिनुका साथै सडक पेटीमा डस्टवीन राखीएको छ । वडा न ४ वडा समितिको कार्यालयले केश संस्थासँगको सहकार्यमा आज घोसीटोलदेखि सल्यानीवंगला टिवी अष्पताल सम्मको सडक किनारमा सरसफाई गरेको हो । वडा अध्यक्ष मो सफिक वेहनाले घोसी टोलमा झाडु लगाएर सरसफाई शुभारम्भ गर्नु भयो । उहाँले फोहर व्यवस्थापनका लागि स्वयं स्थानीय जागरुक हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो । साथै केशद्धारा प्रदानीत ६ वटा डस्टवीन पनि सडकमा राखीएको छ । अब स्थानीयले फोहर मलाई लेखिएको डस्टवीनमा फोहर राख्न सक्नेछन् । केश संस्था अध्यक्ष बालिकादेवी रावतले सरसफाईका लागि सबैको सामुहिक साथ चाहिएको भन्दै फोहर डस्टवीनमा राखीदिन अपील गर्नु भयो । यस्तै उपमहानगरपालिकाका सरसफाई तथा बातावरण इन्जिनियर प्रकाश डीसीले सरसफाईका लागि स्थानीय यूवा, विभिन्न क्लवको सहकार्य जरुरी रहेको भन्दै फोहर व्यवस्थापनमा जोड दिनु भयो ।

Show in Slider: