FAQs Complain Problems

समाचार

वडा सदस्य परियारको स्मृतिमा शोकसभा !!

नेपालगञ्ज, कात्तिक १८ । नेपालगञ्ज उप–महानगरपालिकाले वडा सदस्य शान्तिदेवी परियारको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जलीसभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले परियारको निधनले नेपालगञ्जले एकजना कर्मठ र शालिन ब्यक्ति गुमाएको बताउँदै उहाँबाट सधै सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । नगर प्रमुख प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रतिनिधीसभा सदस्य सर्वतआरा खानम, प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी लगायतले स्व. परियारको तस्बीरमा माल्र्यापण गर्नुभयो ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य परियारको कोरोना संक्रमणबाट सोमबार भेरी अस्पतालमा निधन भएको हो । वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमालले  वडा सदस्य परियार वडाभित्र अति सक्रिय जनप्रतिनिधी रहेको बताउँदै आफुहरुले अभिभावक गुमाएको बताउनुभयो । वडा सदस्य परियारको निधनमा शोक मनाउँदै नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयमा मंगलबार अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको छ ।

Show in Slider: