FAQs Complain Problems

सिलिण्डरको खोजीमा नेपालगञ्जका मेयर डा. राणा !!

नेपालगञ्ज, बैशाख २५ ।  नेपालगन्जमा रहेका आइसोलेसन र कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्जमा मेयर डा. धवलशम्शेर राणाले सिलिण्डर खोजी सुरु गर्नुभएको छ । अस्पताल बाहेक अन्य काममा प्रयोग भएका सिलिण्डिर डा. राणाको पहलमा आईसोलेसन केन्द्र सम्म पुगेको छ ।अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नेपालगन्जका मेयर राणाले शनिबार विहान औद्योगिक क्षेत्रमा राखिएका सिलिन्डर  रामलिला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेसनमा केन्द्रमा बुझाउनुभएको छ । 

मेयर राणाका स्वकीय सपचव विरेन्द्र रावतका अनुसार शनिबार चारवटा सिलिण्डर आईसोलेसनमा जम्मा गरिएको छ । यो अभियान निरन्तर रहने रावतले बताउनुभयो । नेपालगन्ज उपमहानगरले रामलिला मैदान, वडा नम्बर ४ र ह्वाईटहाउसमा आईसोलेसन सञ्चालन गरेको छ ।

Show in Slider: