FAQs Complain Problems

सूचना तथा सञ्चार प्रविधि र विद्युतीय साक्षरता सम्बन्धि अभिमुखीकरण !!

सूचना तथा सञ्चार प्रविधि र विद्युतीय साक्षरता सम्बन्धि अभिमुखीकरण !!

नेपालगञ्ज उपमहानगरपालिकाले सूचना तथा सञ्चार प्रविधि र विद्युतीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सूचना प्रविधि शाखाद्वारा आयोजित

अभिमुखीकरण कार्यक्रममा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानट, डिजिटल उपकरण चलाउँदा अपनाउनुपर्ने सुरक्षा सजगता, डिजिटल साक्षरता, सिफारिस सफ्टवेयर, कागजात

ब्यवस्थापन प्रणाली सफ्टवेयरका सम्बन्धमा प्रशिक्षण दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडाका वडा सचिव तथा कम्प्युटरमा काम गर्ने वडा सहायकहरुको सहभागितामा गरिएको अभिमुखीकरणमा शाखा प्रमुख घनश्याम बर्मा,

आइडिया ब्रिडका प्राविधिक विज्ञ इन्जिनियर माधव प्रसाद रिजाल र भायनेटका नेपालगञ्ज प्रमुख भानुभक्त रेग्मीले सहजीकरण गरेका थिए । अभिमुखीकरण उद्घाटन कार्यक्रममा

बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओेम बहादुर खड्काले डिजिटल उपकरणहरुको सही र सुरक्षित प्रयोगका लागि यस खाले अभिमुखीकरण लाभदायी

हुने बताए । उनले सिकेका कुरा ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए । 

Show in Slider: