समाचार
नेपालगञ्ज उपमहानगरलाई कशौधन बैश्य समाजको सहयोग !!
नेपालगञ्ज बैशाख २२ गते । कशौधन बैश्य समाज बाँकेले आईसोलेसन केन्द्र सञ्चालनका लागि नेपालगञ्ज उप–महानगरपालिकालाई ३२ वटा बेट सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । वाल मन्दिरमा पनि आईसोलेसन केन्द्र सञ्चालनको तयारी भईरहेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख डा। धवलशम्शेर राणाले आईसोलेसनका लागि आवश्यक वेड सहयोग गरेकोमा समाजका अध्यक्ष नन्दला वैश्यलाई धन्यवाद ज्ञापन गर्नुभयो ।