FAQs Complain Problems

समाचार

नेपालगञ्ज उपमहानगरपालिकाको १६औं अधिवेशन सम्पन्न !!

नेपालगञ्ज, पुस २० । नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १६औं अधिवेशनले विभिन्न तीन वटा समिति गठन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले लेखा समिति, विधायन समिति र योजना तथा सुशासन समिति गठन गरेको हो । सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले समिति गठन गर्न गरेको प्रस्ताब सर्वसम्मतिले स्वीकृत भएको हो ।

जस अनुसार लेखा समिति संयोजकमा दिग्बिजय ढुंगाना तथा सदस्यहरुमा निखिल बैश्य, सन्तोष मिश्र, मोहिद्दिन कवडिया र जुवेदा जोलाह रहनुभएको छ । यस्तै विधायन समिति संयोजकमा दिपेन्द्र थापा तथा सदस्यहरुमा कल्पना नेपाली, केशवराम राढ, सुशिला पन्त र मोहम्मद सलिम मुसलमानको नाम नगरसभाको १६औं अधिवेशनले अनुमोदन गरेको छ । योजना तथा सुशासन समितिमा भरतध्वज शाही संयोजक तथा सदस्यहरुमा चक्र बहादुर बुढा, बसन्ती धोबी, गितादेवी राना र इन्द्र बहादुर रानाको नाम स्वीकृत भएको छ ।

लुम्बिनी प्रदेशको गाउँसभारनगरसभा ९कार्यसञ्चालन० कार्यविधि ऐन दफा ६७ बमोजिम स्थानीय सरकारलाई सभाप्रति जवाफदेही, उत्तरदायी बनाउन स्थानीय सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन तथा राय सल्लाह समेत दिनका लागि समिति गठन गरिएको हो । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१र८२ को स्वीकृत बजेट, योजना तथा कार्यक्रमहरुमा नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट पेश भए बमोजिमको रकमान्तर स्वीकृतिका लागि सभा अध्यक्ष एवम् नगर प्रमुख विष्टले पेश गरेको प्रस्ताब पनि पारित भएको छ ।

नगर अधिवेशनमा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, दलको नेताको हैसियतमा वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, वडा नम्बर १८ का वडा अध्यक्ष दिपककुमार बर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसैन शेख, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, कार्यपालिका सदस्य बसन्त कुमार कनोजिया लगायतले बोल्नुभएको थियो ।

Show in Slider: