समाचार
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रम !!
नेपालगञ्ज उप-महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भई आउनुभएका श्री मानबहादुर बमको स्वागत गरिएको छ। आज आयोजित एक कार्यक्रमबीच उप-महानगरपालिकाका नगर प्रमुख, महाशाखा/शाखा प्रमुख तथा कर्मचारीहरूले उहाँलाई औपचारिक रूपमा स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै नगर प्रमुखले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृतले आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

