FAQs Complain Problems

नेपालगंज उप-मनपा का पूर्वाधार निर्माणका लागि स्थलगत अवलोकन

पूर्वाधारहरुको स्थलगत अनुगमन

नेपालगन्ज उपमहानगरपालिकाले केही पुर्वाधार निर्माणका लागि स्थलगत अवलोकन गरेको छ । नगर क्षेत्रमा कान्जी हाउस, रंगशाला र गौशाला निर्माणका लागी उपमहानगरपालिकाका तर्फबाट मंगलबार वडा नम्वर २३ स्थित हिरमिनियामा सरकारी जग्गा निरिक्षण गरिएको छ । उपमहानगरपालिकाका प्रमुख डा धवलसमर राणा, उपप्रमुख उमा थापामगर, वडाअध्यक्ष मोहम्मद हुसेन शेख, कर्मचारी लगायत टोलीले निरिक्षण गरेका हुन् । करिव ७ विघा जग्गामा कान्जी हाउस, रंगशाला र गौशाला निर्माण गर्ने उपमहानगरपालिकाको योजना रहेको छ । जग्गाको निरिक्षणसँगै उपमहानगरपालिकाका प्राविधिकले आवश्यक नापजाँच समेत गरेको उपप्रमुख थापामगरले जानकारी दिनु भयो ।