समाचार
सहकार्यात्मक रुपमा अघि बढन मन्त्री पण्डीतको आह्वान !
नेपालगञ्ज असार १६ गते– संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डीतले संघीयता कार्यान्वयनमा अनेकन सास्ती र अन्यौलता भएपनि समन्वय र सहकार्यात्मक रुपमा अघि बढनु बाहेकको विकल्प नभएको बताउनु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले विहान कार्यालयमा गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सो कुरा बताउनु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुेवदीसहित शाखा प्रमुखहरुले मन्त्री पण्डितलाई फूलमालासहित स्वागत गर्नु भयो ।
मन्त्री पण्डीतले राजनीतिक र संवैधानिक संक्रमण सकिएपनि प्रशासनिक संक्रमण बाँकी रहेकाले सम्वेदनशिल र जिम्मेवार भएर भएर काम गर्न आहवान गर्नु भयो । तिन वटै तहका सरकारबीच सन्तुलित सम्वन्ध विस्तारमा सरकार केन्द्रित रहेको भन्दै उहाँले बाझीएका कानून र क्षेत्राधिकार बारेको अस्पष्टता चिर्दै जाने पनि उदघोष गर्नु भयो । आपसी समन्वय र सहकार्य गरेर अघि बढनु नै अहिलेको आवश्यक्ता रहेको भन्दै उहाँले सह अस्तित्व र सहयोगात्मक भावनाका साथ अघि बढने बातावरण सिर्जना गरिनुपर्नेमा जोड दिनु भयो । स्थानीय तहको अधिकार कटौती नहुने स्पष्ट पार्दै उहाँले जनताको सेवा सुविधा र न्यायमा खेलाइची नगर्न पनि अपील गर्नु भयो ।
नगर प्रमुख डा राणाले नगरको विकासमा जनप्रतिनीधीको साझा धारणा रहेको भन्दै सहकार्यात्मक भावनाका साथ अघि बढेको अवगत गराउनु भयो । प्र्रमुख प्रशासकीय अधिकृत सुेवदीले कार्यालयका तर्फबाट गरिएको समग्र विकासको प्रगती, आगामी योजना र केही कानूनी जटीलताबारे जानकारी सहित ध्यानाकर्षण गराउनु भयो ।