FAQs Complain Problems

स्वास्थ्य संस्थामा नियोजनका साधान !!

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका सबै स्वास्थ्य संस्थामा परिवार नियोजनका ५ वटै साधान नियमित उपलव्ध गराइएको घोषणा गरिएको छ । नगरका ११ वटा स्वास्थ्य चौकीमा परिवार नियोजनका ५ वटै साधान नियमित उपलव्ध गराइएपछि घोषणा गरिएको हो । नियोजनका कण्डम, पिल्स, डिपो सुई प्रदान गरिदै आइएकोमा केही महिना यता आईयु सी डी र इम्प्लान्ट पनि नियमित गरिएपछि अब स्वास्थ्य संस्थामा ५ वटै साधनको कमी हुने छैन । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आयोजित घोषणा कार्यक्रममा नगर उपप्रमुख उमा थापा मगरले स्वास्थ्य सेवा प्रवाहमा नीतीगत समस्या भए तत्कालै जानकारी गराउनु पर्ने भन्दै सूचना, समन्वय र सहकार्यताको हातेमालोमा जोड दिनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत तोय नारायण सुवेदीले स्वास्थ्य सेवा प्रभावकारिताका लागि सरोकारवाला व्यक्ति थप जिम्मेवार बन्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । स्वास्थ्य चौकीका प्रमुख, खोप सुपर भाइजर, सेवा प्रदायक स्वास्थ्यकर्मी, स्वास्थ्य शाखाका कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रममा नियोजनको महत्व, यसको सहज उपलव्धता लगायतका विषयमा व्यापक छलफल गरिएको नगर स्वास्थ्य सह संयोजक हरिहर तिवारीले जानकारी दिनु भयो । यसैवीच पूर्ण खोप उपमहानगरपालिका तथा जिल्ला सुनिश्चितता र दिगोपनाका लागि एक दिने गोष्ठि गरिएको छ । स्वास्थ्य संस्था प्रमुख, वार्ड प्रमुखहरु केन्द्रित कार्यक्रममा नगरलाई पूर्ण खोप बनाउने तयारी बारे छलफल गरिएको थियो ।

Show in Slider: