FAQs Complain Problems

समाचार

सुर्खेतरोडमा वृक्षारोपण !!

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका सुर्खेत रोड ग्रीन बेल्टमा वृक्षारोपण गरिएको छ । अक्सफामको सहयोग तथा बी गु्रपसँगको सहकार्यमा उपमहानगरपालिकाले आज सर्खेत रोड महेन्द्र बहुमुखी क्याम्पस क्षेत्रमा ४० वटा विरुवा रोपेको हो । नेपालगञ्ज उद्योग बाणीज्य संघ र मब क्याम्पसको संरक्षण रहने गरि ट्री गार्डसहितका उन्नत जातका शमी रोपीएका हुन् । उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले शमीको विरुवा रोपेर वृक्षारोपण शुभारम्भ गर्नु भयो ।

उपप्रमुख थापामगरले विरुवाको नियमित संरक्षण गरेर हुर्काउन आहवान गर्दै सामुहिक हातेमालोमा नगर हराभरा बनाइने अभियान शुरु भइसकेको उदघोष गर्नु भयो । कार्यक्रममा मब क्याम्पस प्रमुख गणेश कुमार रेग्मी, बी ग्रुपका अध्यक्ष राजकुमार क्षेत्री, उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले वृक्षारोपणसँगै यसको सम्वद्र्धनतर्फ जोड दिनु भयो । यस्तै जील्ला बन कार्यालय अगाडी पनि वृक्षारोपण गरिएको छ ।

Show in Slider: