FAQs Complain Problems

समाचार

नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगर सभा !!

नेपालगञ्जलाई प्लाष्टिक मुक्त घोषणाको तयारी

नेपालगञ्ज चैत्र ३ गते –नेपालगञ्ज उपमहानगरपालिकाको आइतबार भएको चौथो नगर सभाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई प्लाष्टिक मुक्त उपमहानगरपालिका घोषणा गर्नका लागि आवश्यक कार्यविधी बनाउने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य र उपमहानगरपालिका कर्मचारीहरुको सहभागिता रहेको सभामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७५, फोहरमैला व्यवस्थापन विधेयक २०७५ लगायतका प्रस्तावमाथि व्यापक छलफल गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ को बार्षिक बजेट योजना तथा कार्यक्रमहरु रकमान्तर तथा संशोधन र आ.व.२०७४÷७५ को मौज्दात बजेट मध्ये सम्वन्धित वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा विनियोजन भएको कार्यक्रम तथा बजेटहरुमाथि थप छलफल गरि एक हप्तापछि पुनः बस्ने सभाबाट स्वीकृत गर्ने तयारी गरिएको छ ।
सभामा उपमहानगरपालिका अन्तगर्त सुशासन समिती, विधायन समिती र लेखा समिति नियमावली बनाउने प्रस्ताव पनि पेश भएको छ । यस्तै नगरको ट्राफिकीङ, अटो रिक्सा, ठेला व्यवस्थापन लगायतका विषयले पनि प्रवेश पाएको छ भने यी विषयमा थप छलफल गरि आगामी सभाबाट स्वीकृत गरिने भएको छ । आफनो वडा कार्यालय भवन नभएका वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समित कार्यालयसँग रकम माग गर्ने प्रस्ताव पनि छलफलमा ल्याइएको छ । सौहार्दपूर्ण रुपमा सञ्चालीत सभामा प्रस्तुत विषयमा थप छलफल हुने छ । छलफलका विषयले उपमहानगरपालिकाको समग्र विकास र काममा सहजता ल्याउने नगर प्रमुख डा धवल शम्शेर राणाले विश्वास व्यक्त गर्नु भयो । नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललगायतको सहभागिता रहेको सभामा वडा अध्यक्ष तथा सदस्यले विभिन्न विषयमा आवश्यक सल्लाह सुझाव दिएका थिए ।

Show in Slider: