FAQs Complain Problems

समाचार

नेपालगञ्जमा माघ २७ देखि रनिङ्ग शिल्ड !!

नेपालगञ्ज, माघ २२ । नेपालगञ्ज उप–महानगरपालिका प्रथम मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०७६ यहि माघ २७ देखि २९ गते सम्म हुने भएको छ । मंगल मावि नेपालगञ्जमा हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ५६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने भएको छ । मेयर कपसँगै अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको खेलाडी छनौट समेत हुनेछ ।

प्रतियोगिताको आयोजना तथा ब्यवस्थापन समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको अध्यक्षतामा बुधबार सरोकारवालाहरुको बैठक समपन्न भएको छ । बैठकले सहभागी विद्यार्थीले २४ गतेभित्र शिक्षा शाखामा आवश्यक कागजातसहित नाम दर्ता गराउनुपर्ने निर्णय गरेको छ । यसैगरी मार्चपासमा खेलमा सहभागी खेलाडी मात्रै सहभागी गराउने बैठकले निर्णय गरेको छ ।

सहभागी खेलाडी १८ वर्ष मुनीको हुनुपर्ने र त्यसको सिफारिस गर्ने जिम्मा प्रअको हुने बैठकले निर्णय गरेको छ । बैठकमा रनिङ शिल्डलाई सफल पार्न विभिन्न छलफल गरिएको हो ।

Show in Slider: