FAQs Complain Problems

महिला हक्की खेलाडीको विदाई !!

नेपालगञ्ज, फागुन १५ । राष्ट्रिय प्रतियोगिताका सहभागी हुन पोखरा जान लागेको हक्की टोलीलाई नेपालगञ्ज उप–महानगरपालिकाले शुभकामना सहित विदाई गरेको छ  । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले महिला हक्की टोलीलाई  बिहिवार उप–महानगरपालिका कार्यालयमा सफलताको शुभकामना सहित विदाई गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख राणा र उपप्रमुख मगरले आगामी दिनमा हक्की खेलको नियमित प्रशिक्षणका लागि सहयोग गर्ने आश्वासन दिदै जितको शुभकामना दिनुभयो ।

Show in Slider: