नेपालगञ्जका पाँच वटा मुख्य चोकहरुमा अब ुअत्याधुनिक ट्राफिक लाइटु लाग्ने भएको छ । सडक विभागले सुर्खेतरोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाइट लगाउन थालेको हो । पाँचै ठाउँमा एक महिनाभित्रै जडान कार्य सम्पन्न हुने गरी काम सुरु भएको छ । गणेशमान चोकबाट काम थालि
नेपालगञ्ज उपमहानगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्ने भएको छ । आगामी आर्थिक बर्षदेखि ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रबिणकुमार रानाले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ । महिलाहरुको पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षती कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा वडामा शिविर सञ्चालन गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । चालू आर्थिक बर्षमा