नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही गर्न थालिएको हो । आज विहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकललाई जरिवाना गराइएको छ ।