FAQs Complain Problems

समाचार

नेपालगंज उप-महानगरपालिकाको मुख्य सडक, सुर्खेत रोड

Read More

नेपालगंजमा अवस्थित बागेश्वरी मन्दिरमा रहेको जुंगे महादेवको मुर्ती

Read More

नेपालगंज उपमहानगरपालिकाको समग्र पार्श्वचित्र

Read More

नेपालगंज विमानस्थल

Read More

नेपालगञ्ज उप-महानगरपालिकाको वडागत विवरण !!

नेपालगंज उप–महानगरपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेशको पश्‍चिम भागमा अवस्थित तथा साविक मध्यपश्‍चिमाञ्‍चल विकास क्षेत्रको केन्द्रबिन्दुका रूपमा विकसित नेपालगञ्‍ज उपमहानगरपालिका बाँके जिल्लाको सदरमुकाम हो। पश्‍चिम नेपालको प्रमुख प्रवेशद्वारका रूपमा परिचित यो सहर व्यापार, सेवा, प्रशासन तथा सांस्कृतिक अन्तरक्रियाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित छ। नेपालकै नामबाट स्थापित सहरका रूपमा नेपालगञ्जको ऐतिहासिक र पहिचानगत महत्व पनि विशिष्ट रहेको छ। विक्रम संवत् २०१७ सालमा नेपालगञ्ज नगर पञ्‍चायतको रूपमा स्थापना भई २०१९ सालमा नगरपालिका बनेको यस क्षेत्रलाई नेपाल सरकारको मिति २०७१ मंसीर १६ गतेको निर्णयानुसार साविकका १० वटा गाउँ विकास समितिहरू समेटी २७ वडा कायम गरी उपमहानगरपालिकामा स्तरोन्‍नति गरिएको हो। त्यसपछि मिति २०७२।०६।०१ मा पुरैनी गाउँ विकास समिति समेटेर २८ वडा कायम गरिएकोमा मिति २०७३।११।२७ को निर्णयानुसार हाल २३ वडा कायम रहेका छन्।

कुल ८५.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो उपमहानगरपालिका पूर्व–पश्चिम राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा अवस्थित भई नेपाल–भारत सीमासँग प्रत्यक्ष जोडिएको छ।यस किसिमको भौगोलिक अवस्थिति कारण नेपालगञ्ज व्यापारिक तथा आवागमनका दृष्टिले रणनीतिक महत्व बोकेको सहर बनेको छ। यसको सीमाना पूर्वमा डुडुवा गाउँपालिका, पश्‍चिममा जानकी गाउँपालिका, उत्तरमा जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिका र दक्षिणमा डुडुवा गाउँपालिका तथा भारतसँग जोडिएको छ। विशेषगरी वडा नं. १५ र १६ भारतसँग प्रत्यक्ष सीमावर्ती क्षेत्र हुन्।

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप !!

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका

सूचना प्रविधि विभागद्वारा सम्पूर्ण स्थानीय तहको फरक पहिचान हुने गरी तयार गरिएको मोबाइल एप Android प्रयोगकर्ताहरुले Play Store र IOS प्रयोगकर्ताले App Store बाट स्थानीय तहको एप (Local level) नामबाट खोजी प्राप्त गर्न सक्नुहुनेछ।

 

 

गतिविधि तथा समाचार

जनप्रतिनिधि

प्रशान्त बिष्ट

नगर प्रमुख
९८५८०२००६७
mayorprashant@gmail.com

रिक्त

नगर उप-प्रमुख
........

पदाधिकारी

मानबहादुर बम
प्रमुख प्रशासकीय अधिकृत
९८५८०६६१११
nepalgunjmun@gmail.com
लोकेन्द्र बहादुर शाही
सूचना अधिकारी
9851243491
lokendailekh@gmail.com

जानकारी