FAQs Complain Problems

नेपालगंज उप-महानगरपालिकाको मुख्य सडक, सुर्खेत रोड

Read More

नेपालगंजमा अवस्थित बागेश्वरी मन्दिरमा रहेको जुंगे महादेवको मुर्ती

Read More

नेपालगंज उपमहानगरपालिकाको समग्र पार्श्वचित्र

Read More

नेपालगंज विमानस्थल

Read More

कोभिड १९ को राहत लाभग्राही विवरण

नेपालगंज उप–महानगरपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेशको पश्चिम तर्फ र साविक मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दुको रुपमा रहेको प्रमुख ब्यापारिक केन्द्र तथा लुम्बिनी प्रदेश अन्तर्गत्का १२ जिल्लाहरु मध्ये सवैभन्दा महत्वपूर्ण जिल्ला मध्ये बाँके जिल्लाको सदरमुकामको रुपमा रहेको उप–महानगरपालिका हो । शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रुपमा परिचित स्थान हो । यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ मंसीर १६ गतेको निर्णयबाट साविकका १० वटा गा.वि.स. गाभेर २७ वटा वडा कायम गरि नेपालगंज उप–महानगरपालिका घोषणा गरिएको र मिति २०७२।०६।१ को निर्णयबाट पुरैनी गा.वि.स. गाभेर २८ वडा कायम गरिएको थियो । मिति २०७३।११।२७ गतेको निर्णयानुसार साविकका २८ वडा परिमार्जन भई २३ वटा वडा कायम गरिएको छ ।

Pages

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप !!

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका

नेपालगञ्ज उप-महानगरपालिकाको Mobile APP Google Play Store मा गई Nepalgunj Submetropolitan search गरि तथा यो लिकंमा गई Download गर्नु हुन अनुरोध छ |

 

 

गतिविधि तथा समाचार

जनप्रतिनिधि

प्रशान्त बिष्ट
नगर प्रमुख
९८५८०२००६७
कमरुद्दीन राई
नगर उप-प्रमुख
९८५८०२१०८८

पदाधिकारी

शिव प्रसाद रिजाल
प्रमुख प्रशासकीय अधिकृत
९८५८०६६१११
नेपालगन्ज उमनपा
सूचना अधिकारी
०८१-५३०३३८

सेवाहरु

सेवा प्रकारः- जग्गाधनी पूर्जाहराएको सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नगरसभाले तोकेबमोजिम
आवश्यक कागजातहरुः-
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  3. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
  4. निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
  1. आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाण पत्रको सक्कल
  4. घरबहाल सम्झौता पत्रको प्रतिलिपि
  5. स्थलगत प्रतिवेदन
  6. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासकोे पत्र
  7. आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- मोही लगत कट्टा सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
  1. मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
  2. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
  4. जग्गाको प्रमाणित नापी नक्सा
  5. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  6. जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- नक्सा नामसारी
सेवा समयः- आवश्यक प्रमाणका कागजातहरु पेश भएको ३ दिन भित्र
जिम्मेवार अधिकारीः- घर नक्सा उपशाखा/ योजना शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित कार्यालय प्रमुख
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१) सर्जमिन

२) तिरो तिरेको रसिद

३) नागरिकता

४) पास भएको सक्कल नक्सा र प्रमाणपत्र

सेवा प्रकारः- दा.ख. नामसारी
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. नागरिकताको प्रतिलिपि
  3. लिखतको फोटोकपी
  4. जानकारी पत्र
  5. मृत्यु दर्ता, नागरिकताको प्रतिलिपि
  6. नावालक हकदारको हकमा जन्मदर्ता को प्रतिलिपि
  7. तिरो तिरेको रसिद
  8. वडा समिति कार्यालयवाट भएको सर्जमिन मुचुल्का
सेवा प्रकारः- चार किल्ला प्रमाणित
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
  3. जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  5. निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय नवीकरण
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  3. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
  4. बहाल सम्झौताको प्रतिलिपि
  5. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  3. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  4. २ प्रति फोटो
  5. घर बहाल सम्झौता
  6. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
  7. स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- संस्था दर्ता सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
  1. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद। नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  3. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- एकिकृत सम्पत्तिकर / घर-जग्गा कर
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
  1. निवेदन
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
  3. भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
  4. भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
  5. मालपोत तिरेको रसिद
  6. आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सोको प्रमाणित प्रतिलिपि
  7. नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि

जानकारी

Pages

विपद पुर्वतयारी तथा प्रतिकार्य योजना २०७८ !!
नेपालगञ्ज उप-महानगरपालिकाको कन्टिजेन्सी विपद राहत वितरण सम्बन्धी मापदण्ड २०७८ !!
नेपालगञ्ज उप-महानगरपालिकाको कन्टिजेन्सी रकम खर्च सम्बन्धी निर्देशिका २०७६ !!
नेपालगञ्ज उपमहानगरपालिकाका वडा कार्यालयहरुको लेखा निर्देशिका, २०७६ !!
नगर आमसञ्चार निती २०७८ !!
टोलस्तरीय संस्थाहरुको गठन तथा संचालन कार्यविधि २०७८ !!
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ !!
किशोरी विकास कार्यक्रम सन्चालन कार्यविधि २०७८ !!
स्वास्थ्य सस्थ‍‌‍‌ा दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, नेपालगञ्ज उप-महानगरपालिका ||
आधारभूत तह (कक्षा ८) विद्यार्थी मुल्यांकन तथा नतिजा प्रकाशन कार्यविधि २०७८ !!

Pages